अर्घाखाँची दुग्ध व्यवसायी संघको अध्यक्षमा भुसाल,उपाध्यक्षमा पराजुली चयन

| २०७९ फागुन २७ गते २१: ३९ मा प्रकाशित

बिष्णु भुसाल ,सन्धिखर्क। अर्घाखाँची दुग्ध व्यवसायी संघकाे अध्यक्षमा दुर्गाप्रसाद भुसाल र उपअध्यक्षमा कृष्ण प्रसाद पराजुलिचयन हुनुभएकाे छ । 

सन्धिखर्कमा सम्पन्न दुग्ध उत्पादक कृषकहरू र डेरी सञ्चालकहरूकाे भेलाले भुसाल डेरीका सञ्चालक भुसालकाे नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेकाे हाे । जस्काे उपाध्यक्षमा कृष्णप्रसाद पराजुली,सचिवमा काशीराज सापकोटा, काेषाध्यक्षमा कमला बञ्जाडे चयन भएका छन् ।

 यस्तै सदस्यहरूमा जगत भुसाल, भिमबहादुर खत्री,मेनुका पाैडेल,विष्णु कार्की, शाेभा पराजुली, साेभबहादुर जिसी, हरि आचार्य र धर्मराज भुसाल रहेका छन्। संघकाे सल्लाहकारमा चन्द्र बञ्जाडे, अर्जुन भुसाल र बिष्णु  आचार्य चयन भएका छन् ।  भेलाले  चैत्र १ गतेबाट सरकारले बृद्धि गरेकाे  दूधकाे मुल्य लागू गर्ने निर्णय गरेकाे छ । संस्थालाई गतिशील बनाउँदै कृषकहरूकाे हकहितमा निरन्तर लागि पर्ने नवनिर्वाचित अध्यक्ष भुसालले बताउनुभयाे । कार्यक्रम चन्द्रप्रसाद बञ्जाडेकाे अध्यक्षता र काशीराज सापकाेटाकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

 कार्यक्रममा  सबैजसो  कृषकहरूले सुझाव,गुनासा तथा समस्याहरू राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्