नेपाली यू–१९ क्रिकेट टाेलीका सदस्य मगरलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत

| २०७९ फागुन ३० गते १९: ०३ मा प्रकाशित

प्रेमनारायण आचार्य ,अर्घाखाँची। १९ वर्षमुनिकाे राष्ट्रिय क्रिकेट टाेलीका सदस्य उत्तम थापा मगरलाई गृहजिल्ला अर्घाखाँचीकाे सन्धिखर्कमा स्वागत गरिएको छ । अर्घाखाँची क्रिकेट सङ्घकाे आयोजनामा स्थानीय युवाहरूले बाइक र्‍यालीसहित बजार परिक्रमा गराएर मगरकाे सम्मान गरेका हुन् ।

अर्घाखाँचीमा क्रिकेट खेलेर राष्ट्रिय टाेलीमा परेर उत्कृष्ट खेल प्रदर्शन गरेकाे तथा अर्घाखाँचीकाे नाम राख्न सफल भएकोले खेलाडी मगरलाई सम्मान गरिएको अर्घाखाँची क्रिकेट सङ्घका अध्यक्ष ऋषि भट्टराईले बताउनुभयाे ।

केही दिनअघि मात्रै याे टाेलीले यूएईलाई हराउँदै १९ वर्षमुनिकाे विश्व कपमा स्थान पक्का गरेकाे थियाे । १९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्