प्रहरी हिरासतमा रहेका को हुन बिष्णु थापा ?

| २०७९ चैत १० गते १३: ५६ मा प्रकाशित

अर्घाखाँची। २०४६ सालमा बुवा गोपाल थापा आमा टामाकुमारी थापाको कोखबाट जन्मिएका उनी सन्धिखर्क नगरपालिका वार्ड नं ७ आदर्श मा.वी. बाट कक्षा १० सम्मको शिक्षा हासिल गरे ! 

पारिवारिक आर्थीक स्थिती कमजोर भयपनी उनी आफु कहिल्यै कमजोर भएनन् । विघालयमा सधै उत्कृष्ट अङ्क लिएर कक्षा उत्तिर्ण गर्ने उनले शिक्षकले पढाउदै गर्दा यो हिसाब मिलेन भन्दै चुनौती दिन्थे .. २०६१ सालमा सोही विघालबाट [SLC] मा राम्रो नतिजा सहित उत्तिर्ण भय । 

सानै देखि सामाजिक कुरामा निकै चासो र चिन्ता राख्ने उनी आजसम्म पनी स्वतन्त्र एक युवा हुन । समय बहुत बलवान छ भने झै बिधालयको पढाइ सकेपछी करिब ७ बर्ष भारतको एक होटलमा काम गर्दै आफ्नो सपनाको अध्यनलाई अगाडी बढाए । तेहा पनी उनले बिधालयमा सधै उत्कृष्ट नै भय । उनले १८ बर्षको उमेरमै धार्मीक ग्रन्थ " भगवत गीता " पढेर सकेका छन् । २०७२ सात तिर भारतको एक बहु-प्रतिष्ठित विश्वविद्यालयमा { चार्टर्ड एकाउन्टेन्ट्स } बिषय लिएर भर्ना भय । 

एती हुदा हुदै पनी खाँचीकोट चुनढुङ्गा जनताको हितमा छैन , यो जनताको हितमा हुनुपर्छ भन्दै निरन्तर आवाज उठाइहे । तर उनको आवाज कसैले सुनेनन् । यही बिषयमा उनी NEWS 24 सिधाकुरा जनता संग - यो कार्यक्रममा आफ्नो गुनासो लिएर पुगे सोर्वोच्च धाए ! एस्ता सङघर्ष अझै थुप्रै छन ... ! अहिले उनी ४ वटा बिषयमा डिग्री हासिल गरेका छन । 

- केही दिन अगाडी उनी आमाको उपचार गर्न नेपाल फर्किएको पारिवारिक श्रोतले जनाएको छ । तेही क्रममा सुपादेउराली मन्दिर अगाडी सामन्य विवादमा झडप सिर्जना भयो उनी झडप लाइ शान्त पार्न जाने क्रममा उनी पनी मुछिए । ठाडा इलाका प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा छन भन्ने कुरा ३ दिन पछी सन्चारकर्मी हरु खोजी गरेपछी मात्र थाहा भयो । 

देश बदल्न डडेलधुरामा सागर ढकाल पुगे - आज अर्घाखाँचीमा पनी यही सोचका साथ अगाडी बढ्दै थिए उनी !! एउटा सामान्य निहुँमा उनीमाथी सार्वजनिक मुद्दा चलान भयको खबर छ । हिजो मात्र उनीहरू लाइ जि.प्र.का. लगिएको छ । एती बेला एत्र-तत्र सर्वत्र जिल्लाका राजनीतिक दल नागरिक समाज अभियान्ता हरुले रिहाइको माग गरिरहेका छन् । 

- आगामी चुनावमा प्रदेश सभा बाट स्वतन्त्र चुनाव लडेर राजनितीमा प्रवेश गर्ने र जनताको हक-हित र बिकासको लागी एउटा बलियो खम्बा बन्ने दृढ सङ्कल्प बोकेका थिए उनले । 
- आशा छ ! न्याय दिन सक्ने जिम्वेवार निकाएले बिना शर्त रिहाई गर्ने छ र हामी कानुनी राज्यमा छौ भन्ने कुरामा छाती उच्च बनाएर गर्व महसुस गर्ने छौ !! 

प्रतिक्रिया दिनुहोस्