पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको अध्यक्षमा बिष्णु मुस्कान

| २०७९ चैत १८ गते २३: ०५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाकाे शैक्षिक धराेहर पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको सातौँ क्याम्पस सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले बिष्णु खनाल मुस्कानको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको गठन गरेको छ। सञ्चालक समितिको सदस्यमा ठाकुर कुमार बिक , पिताम्बर भुसाल , राजेन्द्र भुसाल , जनार्दन खनाल ,कमला भन्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी र पशुपति ढकाल सर्बसम्मत चयन भएकाे क्याम्पस प्रमुख वुद्विराम भुसालले जानकारी दिए ।

अधिवेशनकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका ग्रामीण, खानेपानी तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले शैक्षिक क्षेत्रकाे सुधार गर्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

उनले अर्घाखाँचीकाे शैक्षिक धराेहर पाणिनि क्याम्पसकाे स्तराेन्नतिका लागि राजनितीक दलकाे तर्फबाट कुनै कमि नहुने बताउँदै प्राविधिक शिक्षाकाे क्षेत्रमा अध्ययन गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्