अर्घाखाँचीमा निजि सवारी साधनले भाडामा यात्रुहरु ओसारपसार गर्न थाले पछि अर्घाखाँची ट्याक्सी प्रालिले प्रजिअलाई बुझायो ज्ञापन पत्र

| २०८० जेठ ३ गते १३: ०० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची मा निजि सवारी साधनहरुले भाडामा यात्रुहरु ओसारपसार गर्न लागे पछि अर्घाखाँची ट्याक्सी प्रालिले बिरोध कार्यक्रम गरेको छ। 

बिरोध कार्यक्रम 

निजि प्रायोजन का लागि ल्याईएका सवारी साधनहरुले अनियमित ढङ्गले भाडामा यात्रुहरु ओसारपसार गर्न लागे पछि सार्वजनिक सवारी साधनलाई ठुलो मर्का परेको भन्दै लंका यातायात प्रालि र अर्घाखाँची ट्याक्सी प्रालिले मंगलवारको दिन शान्ति बगैँचा मा कोणशभा गरि प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएको छ। 

ज्ञापन पत्र !!

अनियमित ढङ्गले भाडामा यात्रुहरु ओसारपसार गर्ने निजि सवारी साधन हरुलाई प्रशासनले यथा सिघ्र ७ दिन भित्र कारवाहीको दायरामा नलिएमा अर्घाखाँची का यातायात व्यवसायीहरु शान्तिपूर्ण आन्दोलन मा उत्रिने र यस बिषयको निर्मुल पार्ने चेतावनी दिएका छन्। 

ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्