कमला घिमिरे ,अर्घाखाँची। गय रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ ।
यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।
यस संगै सन्धिखर्क देखि काठमाण्डौ का लागि ३७ रुपैयाँ ले भाडादर घटेको छ।
यस अघि सन्धिखर्क देखि काठमाण्डौ का लागि बसभाडा ११७० रुपैयाँ लाग्दथ्यो भने आज देखि ११३३ रुपैयाँ लाग्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्