२० बर्षको लामो संघर्ष पछी सुस्त मनोस्थिति बिधालयकी प्रअ भुसाललाई मिलेको त्यो खुसि: बन्ने भयो डेड करोडको सुस्त मनोस्थिति बिधालय

| २०८० जेठ ५ गते १७: २२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ पाणिनि  क्याम्पस नजिक सुस्त मनोस्थिति बिधालयको एक समारोहबीच सिल्यान्यास गरिएको छ। 

 सुस्त मनोस्थिति बिधालयको एक समारोहबीच सिल्यान्यास

बिधालयको हिन्दु परम्परा अनुसार सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सिल्यान्यास गर्नु भएको हो कार्यक्रममा उपप्रमुख मिश्रा आचार्य प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल वार्ड नम्बर १ का अध्यक्ष माधब श्रेष्ठ वार्ड नम्बर ५ का अध्यक्ष ऋषब अधिकारी वार्ड नम्बर ९ का अध्यक्ष पदम भुसाल सुस्त मनोस्थिति बिधालयका प्रधानध्यापक कमला भुसाल नगरपालिका का ईन्जिनियर हरि बोहरा नगरपालिका का अधिकृत दिलिप केसि नारायण पोख्रेल वार्ड नम्बर १ का सदस्य बाबुराम पन्थि सुनिता  श्रेष्ठ लगाएतका जनप्रतिनिधि वार्ड नम्बर १ का वार्ड सचिब सीता बिसि निर्माण ब्यबसायि रामसिँह खनाल  अर्जुन खनाल नारायण आचार्य   राष्ट्रिय अपांग महासघ लुम्बिनी प्रदेस सचिबालय सदस्य तथा पत्रकार कमला परियार को उपस्थितिमा सो ८ कोठे सुबिधा सम्पन्न भबनको सिल्यान्यास गरिएको हो ।

 सुस्त मनोस्थिति बिधालयको सिल्यान्यास

हाल  बौद्विक अपाङ्गता भएका २१ जना बालबालिकाहरुलाई सुस्त मनोस्थिति बिधालयकी प्रधानध्यापक कमला भुसालले अभिभावक भएर पठन पाठन र हेरचाह गर्दै आउनुभएको छ। भुसालले बिगत २० बर्ष देखि बौद्विक अपाङ्गता रहेका अर्घाखाँची का बालबालिका हरुलाई एक गार्जेंन रुपमा व्यहवारिक ज्ञान दिँदै आउँनु भएको छ। 

बौद्विक अपाङ्गता भएका बालबालिकाहरु

कमला भुसाल कै कारण अर्घाखाँचीमा अपाङ्गता भएर आफ्नो समाज वरिपरि डर त्रास का साथ् अपहेलित भएर बाच्नु नपरेको र आफुहरुलाई सहजता मिलेको बालबालिकाका अभिभावक बताउँछन्।

२० बर्ष अघि देखि आफ्नो जीवनमा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुको लागि हरेक चुनौती र संघर्षहरु लाई पार गर्दै आज सन्धिखर्कमा डेड करोडको सुस्त मनोस्थिति बिधालयको शिल्यानास भएको देख्दा अत्यन्तै हर्षित रहेको र यो आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण र उपलव्धि मिलेको सुस्त मनोस्थिति बिधालयकी प्रधानध्यापक कमला भुसाल बताउँछिन। 

हाम्रो गाउँसमाजमा अहिले पनि सुस्त मनोस्थिति ,शारीरिक अपांगता रहेका ब्याक्तिहरुलाई हेरिने नजर ,गरिने व्यहवार एकदमै फरक रहेको छ ,तर अपांगता लाई अपहेलित गर्ने समाजलाई चिरफार गर्दै समाज र अर्घाखाँची जिल्लाकी एक उदारणीय महिला बन्न सफल भएकी छिन कमला भुसाल। 

मनोस्थिति बिधालयकी प्रधानध्यापक कमला भुसाल

प्रतिक्रिया दिनुहोस्