टिकटकमा संचारकर्मीलाई लक्षित गरि अपशब्दपूर्ण अभिव्यक्ति दिएको भन्दै ने.प.महासंघ अर्घाखाँचीले निकाल्यो प्रेस बिज्ञप्ति

| २०८० जेठ १० गते १७: २७ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँची ले संचारकर्मीलाई लक्षित गरि बनाईएको टिकटक विरुद्व प्रेस बिज्ञप्ति जारि गरेको छ। 

२०८० साल बैशाख २४ गतेका दिन जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ स्थित साथि होटेल प्रालि कि संचालिका तिलका भुसाल "जिसी"ले सामाजिक संजाल "टिकटक "मार्फत" आम संचार कर्मी लाई लक्षित गरि दिएको अपशब्दपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीले आज प्रेस बिज्ञप्ति जारि गरेको हो। 

साथै नेपाल पत्रकार महासंघ सम्बंद्व उस्तै प्राकृतिकका समान उदेश भएका संस्था खोल्ने कार्य भएको पाईएकोमा यस्ता सबै संस्था अविलम्ब बन्द गर्न सम्बंद्व निकायलाई अनुरोध गर्दै अर्घाखाँची जिल्ला बाट संचालित बिभिन्न मिडिया र पत्रकार माथि धेरै प्रश्न आएको हुँदा सबै मिडियाकर्मी लाई कार्ड वितरण र मिडिया संग सम्बन्धित बिभिन्न गतिविधिहरु लाई पत्रकार आचारसंहिता तथा कानुन बमोजिम गर्न महासंघ ले अनुरोध गरेको छ। 

संचार तथा मिडिया संघ सम्बन्धित बिभिन्न क्रियाकलापहरु संचालन गर्दा बिभिन्न संघ संस्था तथा सरोकारवाला निकाय बाट संस्थागत रुपमा समन्वय न भएको पाईएको ले स्थानीय तहका संचारसंग सम्बन्धित बिभिन्न गतिबिधीहरुलाई समेत गम्भीर ध्यानाकर्षण दिएको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै यस्ता पत्रकार आचार संहिता तथा कानुन विपरित गरिने पत्रकार कार्ड वितरण समाचार प्रसारण तथा प्रकाशन साथै बिभिन्न गतिबिधिहरु अबिलम्ब बन्द गर्न सम्बद्व सबैलाई सचेत समेत गराएको छ। 

 प्रेस बिज्ञप्ति

 

प्रतिक्रिया दिनुहोस्