नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँची को नियमित बैठक सम्पन्न :अनुसासन समितिले गरेको कार्वाहि निलम्बन फुकुवा

| २०८० जेठ २६ गते १८: १६ मा प्रकाशित

सुर्य भुसाल,सन्धिखर्क। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँची को नियमित बैठक सम्पन्न भएको छ । पार्टी सभापति केसब श्रेष्ठको सभापतित्व प्रदेस सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्कानको प्रमुख अतिथ्यतामा  बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको हो ।  

बैठकले स्थानीय तहको निर्वाचनका सन्दर्भमा स्थानिय  पार्टिले गरेको कार्वाही सिफासि को आधारमा पार्टीका केही पदमा रहेका ब्यक्ति हरु लाई  अनुसासन समितिले गरेको कार्वाहि निलम्बन फुकुवा गर्ने   बैठकले निर्यण गरेको  छ । निलम्बन फुकुवा हुनेमा पार्टि उपसभापति बाबुराम पौडेल  छत्रदेव २ पाणिनि गाउपालिका वार्ड नम्बर ६ निबासि मणिराम पौडेल  मोदनाथ पौडेल  महाधिवेशन प्रतिनिधि श्रृर्जना बिक सन्धिखर्क ३ पाणिनि ८ का यज्ञ पौडेल  सितगङ्गा  वार्ड नम्बर ४ का दिपक पौडेल गणेश  कुमार बेल्वासे दिपक बेल्वासे  ग्रिसमा पौडेल को कार्वाही निलम्बन फुकुवा गर्ने निर्णय गरेको पार्टि सभापति केसब श्रेष्ठले जानकारी दिनु भयो।

अन्य केही ब्यक्तिहरुको कार्वाही यथाबत राख्दै थप स्थानीय पार्टि सग समन्वय गरि आबश्यक कार्वाहि गर्ने निर्णय गरेको छ । बैठकले सगठन सुधरिधिकरण लाई  तिब्रता दिदै पाल्पाको क्वरेछेडामा भएको गाडि दुर्घटनामा परि ज्यान गुमाउने हरु प्रति शोक प्रस्ताव बैठकले पारित गरेको छ । पार्टीको  अर्को बैठक जेठ ३२ गते बस्ने निर्णय गरेको छ पार्टिले गर्ने गाउसभा नगरसभा प्रदेस सभा जिल्ला सभालाई भब्यरुपमा सम्पन्न गर्ने निर्णय गर्दै वार्ड सभाका लागि  जिल्ला प्रदेस र पालिका स्तरका नेताहरुलाई ६१ वार्डमा प्रतिनिधि खटाउने  निर्णय गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्