शताब्दी पुरूषलाई धातिवाङ्ग वडा कार्यालकाे सम्मान

| २०८० सावन १५ गते १९: २८ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका-६, धातिवाङ्गकै ज्येष्ठ व्यक्तित्व छविलाल पाैडेल १०० वर्षमा प्रवेश गरेकाे सुखद क्षणमा वडा कार्यालय धातिवाङ्गद्वारा शताब्दी नागरिकको रूपमा उहाँलाई निवासमा गई सम्मान गरेकाे छ । 

धातिवाङ्गकै ज्येष्ठ नागरिक छविलाल पाैडेलले समाज प्रति पुर्‍याउन भएको याेगदानकाे उच्च सम्मान गर्दै सु-स्वास्थ्य, दीर्घायुकाे कामना सहित शताब्दी जन्माेत्सवकाे शुभकामना व्यक्त गरेकाे वडा कार्यालयले जनाएको छ ।

शुभकामना तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद पाैडेल सहित वडा सदस्य, वडा सचिव, स्वास्थ्य चाैकी प्रमुख, स्थानीय बासिन्दाकाे उपस्थिति रहेकाे थियाे । उहाँले समाज रूपान्तरणमा देखाएकाे बाटाे अनुसरण गर्दै दिर्घ जिवनकाे शुभकामना वडा कार्यालयले व्यक्त गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्