अर्घाखाँचीका २३ जना गायिकाले गाएको“सिक्री घाँटी”मा तिज गीत ट्रेन्डिङमा (भिडियो सहित)

| २०८० सावन २७ गते १६: ५३ मा प्रकाशित

झनक केसी ,अर्घाखाँची। अर्घाखाँची जिल्लामा जन्मेका दुई दर्जन बढी कलाकारहरुले “सिक्री घाँटी” मौलिक तिज गीत बजारमा ल्याएका छन् ।

२३ जना गायिकाहरुले पहिलो पटक अर्घाखाँचीको मौलिक तिज गीतको रुपमा “सिक्री घाँटी” बजारमा ल्याएका हुन् ।

भेट हुन आउ माया नि अर्घाखाँचीमा तीज गीतमा बिशाल रायमाझीको लय शब्द संयोजन रहेको छ । गीतमा बिशाल रायमाझी , मञ्जु गुरुङ, जमुना सनम, हरिमाया रायमाझी, सम्झना लामिछाने, सुनितामी परियार, कल्पना श्रीपाल, मैना मगर, सलिना नेपाली, सर्मिला रायमाझी, डोल्मा लामिछाने, रेनुका भट्टराई र मञ्जु भट्टराई, निर्मला गुरुङ, दिया नेपाल, बिन्दु बिहानी, सम्झना रनपाल, बसन्ता खनाल, दीपा लामिछाने, राधा राना मगर, सब्बु सरगम, वर्षा थापा, सपना घर्ती मगर, निर्मला पन्त र विश्वास नेपाल लगायत कालाकारको स्वर रहेको छ । २३ जना धेरै कलाकारले स्वर दिएको एउटै गीत यो दुर्लभ हो ।

यो तिज गीत बिशाल रायमाझी युट्युव च्यानलबाट सार्वजनिक भएको छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोको निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका छन् । 

गीतमा विश्वास नेपालको एरेञ्ज रहेको छ । साथै यस गीतमा एलिना रायमाझी,सन्ध्या क्षेत्री,सन्तोस परियार लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्