घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा ग्रामीण भेगका पसलहरु अनुगमन

| २०८० कार्तिक १६ गते १५: २१ मा प्रकाशित

सागर परियार। अर्घाखाँची ,घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा ग्रामीण भेगका पसलहरु अनुगमन लाई तिब्रता दिएको छ ।

बुधबार अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा जिल्लाको छत्रदेब गाउँपालिका भित्र रहेका  होटल , गल्ला किराना ,फेन्सीकपडा,मासु पसल , कोल्डृन्स  लगायतका पसलहरु अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा केहि पसलहरु दर्तानगरी संचालन गरिएको , पसलहरुमा म्याद गुज्रेका खाध्य सामाग्रीहरु राखिएको भेटिएको थियो । यसरी दर्ता नगरी संचालन गरिएका ब्याबसायि हरुलाइ १५ दिन भित्र दर्ता गर्ने टाइम दिएको छ ।  म्याद गुज्रेका सामाग्रीहरुलाइ नस्ट  गरिएको छ।

अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका उधोग अधिकृत सन्तोष खनाल,छ्त्रदेब गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेषराज घिमिरे ,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ( सप्रनी)सन्तोष के.शि  घरेलु कार्यलयका कम्पुटर अपरेटर हुम बहदुर बिक, नेपाल पत्रकार महासंघ सागर परियार  लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्