अर्घाखाँचीमा ९:३० बजे पछि देउँसी भैलो खेल्न नपाईने अटेर गरी खेलेमा आवश्यक कारवाही हुने

| २०८० कार्तिक २२ गते १९: ३५ मा प्रकाशित

केशब पन्थी ,अर्घाखाँची। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आउँदै गरेको तिहारमा राती ९:३० बजे पछि देउँसी भैलो खेल्न नपाइने जनाएको छ ।

सुरक्षालाई मध्यनजर गरि राती ९:३० पछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको  प्रसासनले जनाएको छ ।

 अटेर गरी तोकिएको समय भन्दा पछि  देउँसी भैलो खेलेमा आवश्यक कार्बाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्