राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित "अर्घाखाँची खुल्ला सभा" स्थगित

| २०८० कार्तिक २३ गते १९: ०४ मा प्रकाशित

सुदिप भट्टराई ,अर्घाखाँची। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिगज नेताहरु कार्तिक २४ गते अर्घाखाँची नआउँने भएका छन्। 

जाजरकोट केन्द्रबिन्दु भएर कार्तिक १७ गते राति गएको भुकम्पले ठूलो जनधनको क्षती भएको र सयौं घाईते भएको खबरले स्तब्ध गराएको र यस दु:खद घडिमा उद्दार एवं उपचारमा जाजरकोट र रुकुम पश्चिममा पार्टी का कार्यकर्ता खटिएको कारण "अर्घाखाँची खुल्ला सभा"स्थगित भएको खबर प्राप्त भएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति अर्घाखाँचीले आयोजना गरेको "अर्घाखाँची खुल्ला सभा" लाई सम्बोधन गर्न पार्टीका अध्यक्ष मुख्य बक्ता राजेन्द्र लिंग्देल ,उपाध्यक्ष ,रबिन्द्र मिश्रा ,महामन्त्री कुन्ती शाही र प्रबक्ता ज्ञानेन्द्र शाही आउने भएका थिए। 

प्रतिक्रिया दिनुहोस्