अर्घाखाँचीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

| २०८० कार्तिक २५ गते १७: ११ मा प्रकाशित

पुजा कसी ,अर्घाखाँची।अर्घाखाँचीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका १० सिखेधारा बस्ने २५ वर्षीय राम बहादुर घर्ती थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

छत्रदेव गाउँपालिका वडा नम्बर ७ डाँडाखर्कस्थित खर्यानबारिमा लगी ललाई फकाई गरी जबरजस्ती करणी गरेको पिडित परिवार श्रोतको भनाइ छ ।

उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले अर्घाखाँची र गुल्मीको सिमाना छत्रदेव गाउँपालिकाको डाँडाखर्कबाट जबरजस्ती करणी गर्ने थापालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक राठोरले बताउनुभयो।यस्तै आज (शुक्रबार) जिल्ला अदालत अर्घाखाँचमिा मुद्वा दर्ता भएकोमा ९ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्