भुकम्प प्रभावित क्षेत्रमा एमाले अर्घाखाँचीले अस्थायी घर बनाउँदै (विवरण सहित)

| २०८० मंसिर १६ गते २१: ४२ मा प्रकाशित

रूकुम पश्चिम।भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाकाे चाैरजहारी नगरपालिका वडा नं. ११ र १२ खाेलागाउँमा शुक्रबार सम्म १८ वटा अस्थायी घर नेकपा एमाले अर्घाखाँचीको टिमले सम्पन्न गरेको छ ।

अर्घाखाँची जिल्लाबाट मंसिर ५ गते जिल्ला उपसचिव शम्भु प्रसाद पाेख्रेल, कार्यालय सचिव लिलबहादुर बि.क. सहितकाे १५ जनाकाे टाेलि मंसिर ६ गते सम्बन्धित ठाउँमा पुगि मंसिर ७ गतेबाट भुकम्प प्रभावितहरूकाे अस्थायी आवास निर्माण कार्य सुरु गरेको थियो ।

एक हप्ता टाेली सम्बन्धित ठाउँमा रहेर अस्थायी आवास एवं जनताकाे सेवा गर्ने कार्यालय सचीव लिलबहादुर बि.क.ले जानकारी दिए ।

शुक्रबार सम्म अस्थायी आवास सम्पन्न भएका परिवारकाे बिवरण ।

१. बिरवल परियार, चाैरजहारी न.पा.वडा नं. ११, परिवार संख्या : ५ जना । (भग्नाबशेष समेत हटाएको)
२. दुर्गा ओली, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ६ जना । ( भग्नाबशेष समेत हटाएको)
३. लेलिना के.सी., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
४. बिमला खड्का, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
५. अनुप के.सी., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ५ जना ।
६. छबिलाल डाँगी, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ४ जना । (भग्नाबशेष समेत हटाएको)
७. सितली मल्ल, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : २ जना । (भग्नाबशेष समेत हटाएकाे)
८. सत्यमाया शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना ।
९. नन्दराम शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना ।
१०. रूपक बि.क., चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ३ जना ।
११. चित्रकुमारी शर्मा, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : २ जना ।
१२. भद्र वीर बि.क., चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : ४ जना ।
१३. इन्द्रा जैशी, चाैरजहारी न.पा. वडा नं. १२, परिवार संख्या : १४ जना ।
१४. यज्ञप्रसाद खत्री, चाैरजहारी 
न.पा. वडा नं. १२, परिवार संख्या : ५ जना (भग्नाबशेष समेत हटाएकाे ।)
१५. चन्द्रबिर बुढाक्षेत्री, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : १२ जना ।
१६. कमला राेकाय, चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ३ जना । (भग्नाबशेष समेत हटाएको ।)
१७. प्याउली बि.क., चाैरजहारी न.पा. वडा नं. ११, परिवार संख्या : ७ जना ।
१८. सुनिता पुन, चाैरजहारी न.पा. वडा नं.११, परिवार संख्या : ४ जना
२०८० मंसिर १५ गतेसम्ममा घरकाे भग्नाबशेष हटाएकाे संख्या : ६ वटा ब्यक्तिगत घर ।

प्रतिक्रिया दिनुहोस्