अर्घाखाँची पर्यटन प्रबर्द्धन २०८० का लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

| २०८० पौष १३ गते १९: २२ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची पर्यटन प्रबर्द्धन २०८० का लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गर्न लागेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम सम्बन्धि अन्तरक्रिया भएको हो । पत्रकार महासंघले पर्यटन प्रबर्द्धन कार्यक्रमका लागि विभिन्न चरणका कार्यक्रम सम्पन्न गरेको छ । 

आज शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमबाट पत्रकार महासंघ अर्घाखाँचीका सहसचिव हृदय भुसाललाई पर्यटन प्रबर्द्धन कार्यक्रमको प्रबक्ता चयन गरेको छ । प्रवक्ता भुसालका अनुसार पौष १८ गते भित्र जिल्लाका प्रत्येक वडामा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम गरिनेछ छ ।

पर्यटन प्रबर्द्धन कार्यक्रमको उद्घाटन माघ १ गते प्रधानमन्त्रीले गर्ने पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्