अर्घाखाँचीमा मह उद्योगमा १ करोड अनुदान र शेयरवाफत उठाएको करोडौं रुपैयाँ बालुवामा, उद्योग कवाडीमा रुपान्तरण

| २०८० फागुन १ गते १८: ०९ मा प्रकाशित

अशोक कुमार टण्डन। कुनै संभावनाको अध्यन नगरी स्थापना गरिएको अर्घाखाँची मह उद्योग अहिले बेवारिसे अवस्थामा छ । आज फिल्ड निरक्षण गर्न जादा उद्योग अवस्था बर्षौ देखि बन्द भएको कवाडी कारखाना  जस्तो देख्न सकिन्छ । अर्घाखाँचीमा एक जिल्ला एक उत्पादन कार्यक्रमका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमार्फत १ करोड ५ लाख अनुदान आएको थियो । तर, अनुदान छुट्याइए पनि उत्पादन भने शून्य छ । उद्योग वाणिज्य संघ अर्घाखाँचीले अनुदान १ करोड ५ लाख रुपैयाँ खर्चिनुपर्ने भए पनि हालसम्म ७० लाख मात्र लगानी गरेको भन्ने देखिन्छ । अहिले मह उद्योग कवाडी खाना जस्तो भएको छ । 

जिल्लामा कच्चा पदार्थ समस्या भएकाले मह उत्पादन हुन नसकेको मह उद्योग निर्माण समिति अध्यक्ष तथा उद्योग वाणिज्य संघ अर्घाखाँचीका सचिवालय सदस्य लक्ष्मण कँडेलले बताए । उनले भने, ‘अन्यत्र भवनसमेत बनाएका छैनन् । हामीले घर, पहुँच सडक, मेसिन ल्याएका छौँ ।  तर, कच्चा पदार्थ अभावले उत्पादन भने हुन सकेको छैन ।’ अहिले मह उद्योग वेबारिसे अवस्था छ ।

यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने उनको माग छ । मह उत्पादन गर्ने किसानलाई उद्योगबारे जानकारी नभएको स्थानीय मौरीपालक किसान बताउछन ।  उद्योग सञ्चालन भयो, मेसिन आए भन्ने सुनेको छु । किसानलाई उद्योग स्थापनाबारे कुनै जानकारी छैन ।’ अहिले उद्योग बन्द भएको सुनेका छौ ।
उक्त बजेटबाट ४८ लाख ५६ हजार ५ सय ६२ रुपैयाँ बराबरको भवन निर्माण भएको उद्योग नजिक राखिएको सूचना बोर्डमा लेखिएको छ । १ करोड ८ लाख ४३ हजार ४ सय ३८ रुपैयाँ मेसिनरी औजार र अन्य कामका लागि रकम खर्च भएको देखिन्छ ।

 उद्योगभित्र मेसिनरी औजार, केही खाली बोतल र मौरीघार यत्रतत्र रहेको देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्