छत्रदेबका ऋषिराम भुसालको युएइ बाट उद्दार

| २०८० फागुन ९ गते १७: २७ मा प्रकाशित

अर्घाखाँची जिल्ला छत्रदेब गाउँपालिका - ५ झिल्केपोखरीका   ३४ बर्षिय ऋषीराम भुसालको युएइको  दुबई बाट उद्दार गरिएको छ ।  

काम गर्ने क्रममा बिरामी भई अस्पताल भर्ना भएको र उक्त समयमा कम्पनी  नै बन्द भई निजको पासपोर्ट र आइडी समेत लिएर कम्पनी भागेको , कम्पनिले दिनुपर्ने तलब सुबिधा, खान बस्न लगायतका सम्पूर्ण सुबिधा बाट बन्चित गरि अलपत्र पारेको थियो । थाहा भएपछि लगातार एक महिनाको प्रयासपछी   सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी आज हिमालयन एयरलाइन्सको जहाजबाट  बाट  नेपाल  ल्याइएको छ ।

सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दा सम्मको खर्च छत्रदेव सेवा समाज ले गरेको छ भने नेपाल आउनको  लागी हवाई टिकट अर्घाखाँची सम्पर्क समिति युएइले  प्रदान गरेको छ ।

 बिरामिको आबस्थाको बारेमा छन्द श्रेष्ठले जानकारी दिनु भएको थियो ।आर्थिक ब्यबस्थापन   इन्द्र रिजालले गर्नु भएको थियो भने   जिवन रायमाझीले कानुनि प्रकृया मा सहयोग गर्नु भएको हो  । 

यस्तै बेस्ट जर्नि ट्राभल्सका सन्चालक  इस्वर बन्जाडे , अमीत पाण्डे , अर्घाखाँची  सम्पर्क समिति युएइका अध्यक्ष  जेपी पोखरेल , रामु श्रेष्ठ ,बिनोद न्यौपाने  ,दिनामणि पाण्डेको सहयोगमा उहालाइ उद्दार गारिएको  अर्घाखाचि सम्पर्क समिति युएइ  उद्दारको सहज कर्ताको महासचिब अमित पाण्डेले जानकारी दिनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्