अर्घाखाँची आएका नयाँ प्रमुख जिल्ला अधिकारी खत्रीलाई स्वागत

| २०८० चैत १५ गते १५: ४३ मा प्रकाशित

अशोक खनाल।अर्घाखाँचीका नयाँ प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले सहज सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको बताएका छन् ।

गृह मन्त्रालयले चैत्र ०६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भएका प्रजिअको एक कार्यक्रमबीच निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले स्वागत गरेको हो ।

कार्यक्रममा प्रजिअ खत्रीले नीति, नियम, विधी र पद्दतीलाई शिरोधार्य गर्दै सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य रहेको भन्दै सेवा प्रवाहका शिलसिलामा निजामती कर्मचारीहरुलाई आई पर्ने समस्या र त्यसको निराकरण, समन्वयन र सहजीकरण गर्न आफू हरदम तयार रहेको बताएका थिए । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हकहितका साथै वकालत, सहजीकरण, समन्वय गर्नुका साथै जिल्लामा आउने नयाँ कर्मचारी र सरुवा भएर जाने कर्मचारीहरुको स्वागत बिदाई गर्ने गर्दछ ।

कार्यक्रममा सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्माले चुस्त दुरुस्त सेवा प्रवाहको लागि कर्मचारीहरुका अभिभावक प्रमुख जिल्ला अधिकारीले खटाएको र लगाएको काममा बिना कुनै शर्त हरदम लाग्ने प्रतिवद्धताका साथै लगाउन विशेष अनुरोध गरेका थिए । कार्यक्रम जिल्लामा क्रियाशिल ट्रेड युनियनका जिल्ला अध्यक्षहरु, पदाधिकारी, सिबिएका पदाधिकारी, संगठनका केन्द्रीय सदस्य दिलिप के।सी। लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसालको पनि स्वागत गरेका थिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख अतिथ्यता, सिबिए अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सचिव दुर्गा बहादुर वि।क।को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्