अर्घाखाँची मा करिब सात हजार पाँच सय पचहत्तर जना बालबालिकालाई आई.पि.भि खाेप लगाईदै

| २०८१ जेठ १२ गते १७: १८ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।अर्घाखाँची मा बालबालिकालाई पाेलियाे खाेप विरुद्धको आई.पि.भि खाेप लगाईने भएको छ!स्वास्थ कार्यालय अर्घाखाँची ले सन्धिखर्कमा हिजाे गरेको पत्रकार भेटघाट कार्यक्रममा  यहि जेठ १३ गते देखि १७ गतेसम्म सन्चालन हुने खाेप अभियान मा यसअघि पाेलियाे खाेप लगाउन छुटेका बालबालिकालाई खाेप लगाउने जानकारी दिएकाे छ!त्यसका लागि जिल्ला भर ३८८ खाेप केन्द्र  ताेकिएकाे खाेप संयाेजक विजय वि.क ले जानकारी दिएका छन।जसमा ३८८ जना स्वास्थ्यकर्मी र ८७६ जना स्वयम् सेविका खटिने छन!जसको सम्पुर्ण विवरण निम्न रहेको छ। 

मालारानी गाउँपालिका मा खाेप केन्द्र ६८,बालबालिका १०३०जना ,स्वास्थ्यकर्मी ६८ जना र स्वयंसेवक १३६जना,भुमिकास्थान नगरपालिका मा खाेप केन्द्र ५०,बालबालिका ११३९ जना,स्वास्थ्यकर्मी ५० जना,स्वयंसेवक १००जना,सन्धिखर्क नगरपालिका मा खाेप केन्द्र ६८ बालबालिका २०८५ जना ,स्वास्थ्यकर्मी ८५ जना र स्वयमसेवक १३६ जना पाणिनि गाउँपालिकामा खाेप केन्द्र ५० ,बालबालिका ८३० जना स्वास्थ्यकर्मी ५० जना र स्वयंसेवक १०० जना रहेका छन । 

छत्रदेव गाउँपालिकामा खाेप केन्द्र ४६, बालबालिका ८०७ ,स्वास्थ्यकर्मी ४६ जना र स्वयमसेवक ९२ जना रहेका छन र  त्यसैगरि शितगङ्गा नगरपालिकामा खाेप केन्द्र १०६ ,बालबालिका १६८४,स्वास्थ्यकर्मी १०६,स्वयंसेवक २१२ जना रहने स्वास्थ्य कार्यालय अर्घाखाँची का स्वास्थ्य निरिक्षक गणेशराज पाैडेलले जानकारी दिएका छ। 

प्रतिक्रिया दिनुहोस्