अर्घाखाँचीमा क्षमता भन्दा बढी लोड बोक्ने टिप्परलाई कार्वाही गर्न प्रजिअ खत्रीको निर्देशन

| २०८१ जेठ १८ गते १६: २४ मा प्रकाशित

माधव खनाल
१८ जेष्ठ अर्घाखाँची -अर्घाखाँची जिल्लामा क्षमता भन्दा बढी चुन ढुङ्गा बोकेका टिप्परहरु  ओवर स्पिडमा कुदाउदा समेत  संबंधित निकाएको ध्यानाकर्षण नभएको  भन्दै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ का  जनताले चर्को  बिरोध  जनाउन थालेपछि पछि अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बानियाँ निर्माण सेवा प्रालिले उत्खनन गरेको चुनढुङा खानीमा अनुगमन गरि  सन्धिखर्क  नगरपालिका वडा न: ७ मा रहेको तिनपाने लेक  उत्खनन भुगर्भ सिमेन्टले  उत्खनन गरिरहेको छ । 

उक्त चुनढुङ्गा खानीमा प्रजिअ  द्वारा अनुगमन पछि  खानी संचालक तथा आफू मातहतका प्रहरीहरुलाई सरकारसँग गरिएको सम्झौता कार्यन्यनको लागि अनुरोध गर्दै कानुन बिपरित भएमा कार्वाही  गर्न निर्देशन दिनु भएको छ सम्झौता अनुसार खानी बाट डुङ्गा गाडिमा वजन  १० टन मात्र बोक्ने सम्झौतामा उल्लेख गरिएको छ ।उक्त सम्झौतालाई मिच्दै २०/२२ टन सम्म बोकेको जनताको  गुनासो छ । अब १० टन भन्दा धेरै बोके कारबाही गर्न प्रमुख जिल्ला अधिकारी खत्रीले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्