गुगल प्ले स्टोरमा जोकर भाइरसको आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

| २०७८ असार १३ गते ०८: १६ मा प्रकाशित

जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् ।

जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो । यो डाटा चोर्ने भाइरस हरेक महिना जसो कोड परिवर्तन गरी गुगल प्लेस्टोरमा छिर्ने गरेको छ ।

शोधकर्ताहरुका अनुसार जोकर भाइरसले प्रयोगकर्ताका एसएमएस, कन्ट्याक्ट लिस्ट, डिभाइस इन्फो, ओटीपीलगायतका विभिन्न डाटाहरु चोर्ने गर्दछ ।

गुगलले जोकर भाइरसले संक्रमित गराएका उल्लेखित ८ वटा एपहरुलाई प्ले स्टोरबाट हटाइसकेको छ । तर प्रयोगकर्ताका स्मार्टफोनमा इन्स्टल भैसकेको अवस्थामा चाहिँ ती एपहरु डिलिट नहुन्जेल रहिररहनेछन् र प्रयोगकर्ताको स्मार्टफोन भाइरसको जोखिममा रहन्छ .

तपाईंको एन्ड्रोइड स्मार्टफोनमा यी ८ वटा एपहरु छन् भने अहिले नै डिलिट गरिहाल्नुहोस् :

  • Auxiliary Message
  • Fast Magic SMS
  • Free CamScanner
  • Super Message
  • Element Scanner
  • Go Messages
  • Travel Wallpapers
  • Super SMS

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्