आशिका तामाङ फाउन्डेसनको आयोजना र एम.टि.एसको सहकार्यमा सिन्धुपाल्चोकमा राहत बितरण

| २०७८ असार ९ गते १९: २१ मा प्रकाशित

मधु सुदन घिमिरे ।
अर्घाखाँची - "जहाँ लाग्छ नेपालिलाइ चोट त्यहा पुग्छ मिशन टु सपोर्ट" भन्ने मुल नारासहित स्थापना भएको संस्थाले आशिका तामाङ फाउन्डेसन सङ्ग सहकार्य गरि  हेलम्बुमा रहेका बाढिपिडित हरुलाइ २५ थान त्रीपाल  बितरण गरेको छ।

अगामी दिनहरुमा बिपन्न तथा गरिब बर्गहरुलाइ लक्षित गरि स्वास्थ शिक्षा लगायतका कार्यक्रमहरुलाइ निरन्तरता दिने यस MTS ग्रुपले बताएको छ ।

साथै देशभर बाढी पहिरोबाट अनगिन्ति धनजनको क्षति भएको र अझै यस्ता जोखिमहरु हुनसक्ने भएकाले यस्ता  जोखिमबाट बच्न सावधानी अपनाउनको साथै बाढी आउनेछ भन्ने समाचार पाउना साथ त्यस्ता जोखिमन  क्षेत्रबाट कतै स्थानान्तरण हुनको  लागि यसै MTS संस्थाले अनुरोध समेत  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्