लाइसेन्स नभएकाले अर्काकाे माेटरसाइल चलाउँदा दुर्घटनामा मृ'त्यु: माेटरसाइकल दिने पक्राउ

| २०७९ भदौ २ गते १९: ४१ मा प्रकाशित

जाजरकोट। चालक अनुमतिपत्र नभएका व्यक्तिलाई मोटरसाइकल चलाउन दिएका एक जना पक्राउ परेका छन्।

जाजरकोट कुसे गाउँपालिका -७ लुम्बिनी रारा सडकखण्डमा साेहि ठाउँ बस्ने २६ वर्षिय नवराज सिंहले आफ्नो नाममा भएको प्रदेश ०२-००१ प ०७५९ नम्बरको माेटरसाइकल चलाउनकाे लागि आफ्नै गाउँका चालक अनुमति नभएका १७ वर्षिय दिपक जंग शाहीलाई २०७७ पुस २३ गते दिएपछि शाही उक्त माेटरसाइकल दुर्घटनामा परि सरु खाेलामा खस्दा मृत्यु भएपछि सवारी धनी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

दुर्घटना मिति देखि नै फरार रहेका सवारी धनी सिंहलाई आइतबार पक्राउ गरि जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा  ७ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्