समाचार

प्युठानमा करेन्ट लागेर एक जनाको मृ'त्यु

२०८० असोज १४

प्युठान । सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा नं. ७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।