समाचार

म्याग्दीमा पहिरोमा परी एकै परिवारका पाँचजनाको मृ'त्यु

२०७९ सावन १७

म्याग्दीको मालिका गाउँपालिका– २ रुमको तामेङमा पहिराले घर बगाउँदा एकै परिवारका पाँचजनाको ज्यान गएको छ। आज बिहान गएको पहिरोमा घरसँगै पुरिएका घामबहादुर विकको परिवारका पाँचैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।