समाचार

स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गामा २० शिक्षकले छाडे जागिर

२०७९ बैशाख ९

स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केहि विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले भने ।