समाचार

आन्दोलनका लागि तयार रहन नेकपा एमालेका अध्यक्ष ओलीको निर्देशन

२०७८ असार १९

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि पार्टी पङ्क्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन्।