सन्धिखर्क नगरपालिका द्वारा वडा स्तरीय मेलमिलाप केन्द्रको स्थापना सम्पन्न

| २०७८ फागुन ६ गते १७: ३३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।सन्धिखर्क नगरपालिकाले नगरका सबै वडा हरुमा वडा स्तरीय मेलमिलाप केन्दको स्थापना सम्पन्न गरेको छ। शुक्रबार सन्धिखर्क नगरपालिकाको वडा न.५ एक कार्यक्रम का बीच केन्दको स्थापना गरिएको छ  केन्द्र को स्थापना कार्यक्रममा सन्धिखर्क नगरपालिका न्यायीक समितिका संयोजक  तथा नगर उपप्रमुख ठाकुर कुमार बिक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल,उजुरी प्रशाशक अधिकृत जिबनारायण आचार्य ,वडा अध्यक्ष राजेन्द्र भुसाल,  वडा सचीव अनन्त मणि पोख्रेल न्यायीक समिति सदस्य आशा परियार ,क.अ.दिलिप कुमार केसी ,असिस्टेन्ट स.इ पबित्रा पुन , कार्यपालिका सदस्य रुपा बिक, वडा सदस्य हरु वडा सहजकर्ता हरु राम प्रसाद बन्जाडे,गगा भट्टराई ,गिता भुसाल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।स्थापना कार्यक्रम मा सन्धिखर्क नगरपालिका कि  निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल ,वडा अध्यक्ष राजेन्द्र भुसाल पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनालले शुभकामना मन्तब्य राखेका थिए ।

 सन्धिखर्क नगरपालिका न्यायीक समिति का संयोजक नगरउपप्रमुख ठाकुर कुमार बिक को  अध्यक्षता न्यायीक समिति सदस्य आशा परियार को स्वागत मन्तब्य तथा उजुरी प्रशासक अधिकृत जिबनारायण आचार्य को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्