स .न.पा १० को धरमपानीमा १ दिने कफिखेतिसम्बन्धि तालिम सम्पन्न

| २०८१ बैशाख २५ गते १७: ३१ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ ।

व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको सङ्घीय सशर्त अनुदानतर्फको रु २० लाखको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्राङ्गारिक मल खरिद, सिँचाइका लागि पानीट्याङ्की निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताउनुभयो ।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफीखेतीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्