अर्घाका मन बहादुर गन्धर्व तम्घासमा मृत अवस्थामा फेला

| २०७८ फागुन ९ गते १५: २९ मा प्रकाशित

हरिप्रसाद भुसाल ,अर्घाखाँची। अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृत अवस्थामा फेला परेका छन् ।

अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घाका ६० वर्षिय मन बहादुर गन्धर्व तम्घासकाे अर्घाखाँची जिपपार्कमा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान मृत अवस्थामा भेटिएका उनकाे पहिचान भैसकेकाे र अर्घाखाँचीबाट उनका आफन्त आएपछि शव आफन्तलाई बुझाईने गुल्मी प्रहरीले जनाएको छ । 

अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराईले जानकारी दिनुभयाे । 

प्रतिक्रिया दिनुहोस्