पराजुलीद्वारा ईश्वरीप्रसाद भुसाल स्मृति भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार साैजन्य

| २०७८ फागुन १२ गते १९: ३४ मा प्रकाशित

सन्धिखर्क १२ फागुन । प्रथम ईश्वरीप्रसाद भुसाल स्मृति भलिवल  प्रतियोगिताकाे प्रथम पुरस्कार धर्मराज  पराजुलीले साैजन्य गरेका छन् । सन्धिखर्क ८ का वडा अध्यक्ष भुसालकाे काेराेनाका कारण गत साउनमा निधन भएकाे थियाे । भुसालकाे स्मृतिमा फागुन   १३ गतेबाट सन्धिखर्क ८ काे नेपालीचाैरमा खुला भलिबल प्रतियोगिताकाे आयाेजना गरिएकाे छ । 

पराजुलीले प्रथम पुरस्कार  ५० हजार रूपैयाँ खेल समितिलाई हस्तान्तरण गरेका छन् । नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सचिवालय सदस्य तथा वडा नं. ८ का इन्चार्ज समेत रहेका पराजुलीले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । 

उनले हालै किमडाँडामा निर्माण भइरहेकाे शिवालय मन्दिर निर्माणका लागि २० हजार ५ सय ५५ रूपैयाँ  सहयाेग गरेका छन् । यस्तै विभिन्न जटिल राेगका बिरामीलाई पनि आर्थिक सहयाेग गर्दै आएका छन। अर्घाखाँची- काेरिया सम्पर्क मञ्चका पूर्व  उपाध्यक्ष उनले मञ्चकाे तर्फबाट अर्घाखाँची अस्पतालमा विभिन्न सामग्री सहयाेग गर्न पहल गरेकाे बताए । भलिबल प्रतियोगितकाकाे द्वितीय पुरस्कार मुकुन्द भुसलाले ३० हजार र जीवलाल भुसालले २० हजार रूपैयाँ  साैजन्य गरेका छन् । खेलकाे तयारी अन्तिम चरणमा पुगेकाे खेल समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्