अर्घाखाँचीको कोप्चिवासमा बस दुर्घटना: १ को अवस्था चिन्ताजनक (तस्विर सहित)

| २०८१ बैशाख ६ गते १७: ११ मा प्रकाशित

झनक केसी ,सितगंगा। अर्घाखाँची जिल्लाको शितगङ्गाको कोप्चिवासमा गोरुसिङ्गे तर्फ जाँदै गरेको बस दुर्घटना १ जनाको अबस्था चिन्ताजनक२ जना गम्भीर रहेको ईप्रका ठाडाले जनाएको छ। 

दाङ्गबाट अर्घाखाँची आएको बस (रा १ ख  १५०५ शितगङा नगरपालिका वाड न ४ कोप्चिबास भन्ने स्थान दुर्घटना भएको छ। दुर्घटनामा परि एक जनाको अबस्था चिन्ताजनक छ भने २ जना गम्भीर घाईते भएका छन भने अन्य ७ जना सामान्य घाईते रहेको इप्रका ठाडाका प्रहरी नायब निरीक्षक डम्बर बुढाथोकिले जानकारी दिएका छ्न ।

घाईते सबैलाई ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै बस कसरी दुर्घटना भयो अझै थाहा नभएको बुढाथोकिले बताए।

प्रतिक्रिया दिनुहोस्