अर्घाखाँची। आज २०७८ साल असार १९ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भुमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जी स्थित प्रहरी चौकीको प्राङगणमा स्थानीय जनप्रतिनिधी, भद्रभलाद्मी, नागरिक समाज, विद्यार्थीहरु लगायत अं. ४० जनालाई आ'त्म'ह'त्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको हो।
प्रतिक्रिया दिनुहोस्