एमाले खिल्जीका संस्थापक नेता गैरेको निधन: पार्टी अध्यक्ष भुसालबाट झण्डा ओढाएर अन्तिम श्रद्वान्जली

| २०७९ असार १० गते २२: ०५ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। नेकपा (एमाले) खिल्जीका संस्थापक नेता तथा तत्कालिक खिल्जी गाउँ कमिटी उपसचिव एवं एमाले भुमिकास्थान नगर कमिटी सल्लाहकार कमिटी सदस्य मित्रलाल गैरेको ७६ वर्षको उमेरमा आज (सुक्रवार) निधन भएको छ । 

नेता गैरेको पार्थिव शरिरमा (एमाले) जिल्ला कमिटी अध्यक्ष पीताम्वर भुसालले झण्डा ओढाएर अन्तिम श्रदान्जली अर्पण गर्नुभयो । श्रद्धाञ्जली अर्पणगर्दे भुसालले कम्युनिष्ट आन्दोलनका एक पुराना नेताको निधनले पार्टिलाई अपुरणिय क्षति पुगेको बताउदै, मृतक गैरेले कल्पना गरेका कामहरु पुरागर्न सके मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनु भयो ।

मृतक गैरेलाई (एमाले) लम्विनी प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे, जिल्ला कमिटि सदस्य चोप वहादुर सुनार (राजु), भुमिकास्थान नगर कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसाल, नगर कमिटी सदस्य गोपाल वेल्वासे, चेतनारायण सुनार, वडा नं.६ वडा कमिटी अध्यक्ष दामोदर वेल्वासे लगायतका नेताकार्यकताले श्रद्धाञ्जली अर्पण गरेका थिए । गैरेको आज दिउसो १ बजे सन्धिखर्कको गच्छेखोला घाटमा अन्त्यष्टि गरिएको नेकपा एमाले भुमिकास्थान नगर कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्