समाजसेवी भूप प्रसाद बन्जाडेद्वारा भुनपा ३/४ का अग्नि पिडितलाई ५० हजार सहयोग

| २०८१ बैशाख १४ गते २१: २२ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ मा आगलागी का कारण घरवास गुमाएका पिडित वर्गहरुलाई सोहि नगरपालिका वडा नम्बर ४ निवासी समाजसेवी व्याक्तित्व ८२ बर्षिय भूप प्रसाद बन्जाडेले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। 

गत वैशाख ३ र ४ /८ गते लागेको आगलागिमा १५ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए।उक्त आगालागीमा कुल १५ घरमा क्षति भएको थियो।उहाँले आगलागी क्षेत्रका बस्तीहरू अवलोकन गरी आपतका बेला नआत्तिई एकले अर्कालाई सहयोग गर्नुपर्छ र पीडितको पीडामा मलम लगाउनुपर्छ भनेर सबैलाई सान्त्वना दिँदै पीडितसँग भलाकुसारी गर्नुभएको थियो। 

मानिस विवेकशील सर्वश्रेष्ठ सामाजिक प्राणी भएका हामि जिउँदाको जन्ती र मर्दाको मलामी हुनुपर्छ र परस्परमा सहयोगी भावना हुनुपर्ने कुरामा जोड दिनुभयो।

समाजमा पार्टीपौवाको निर्माण, खोलानालाको संरक्षण र सामाजिक काममा अग्रसर ८२ वर्षीया भूप प्रसाद बन्जाडेको समाज सेवाप्रतिको मोह उदाहरणीय रहेको छ।

प्रतिक्रिया दिनुहोस्