हामी सनातनी नेपाली हरु कहिले सम्म धनी सम्पन्न र स्वधर्म रक्षक भइदैन ?

| २०८० चैत १८ गते १७: ०७ मा प्रकाशित

जब सम्म आफ्नो धर्म संस्कृति बारेमा पाठ्यक्रम मा आउदैन । जब सम्म एक पुस्ताले आर्को पुस्तालाई जन्म मृत्यु ' जगत जीवन को बारेमा पुस्ता हस्तान्तरण गर्दैनन। जबसम्म नेपालमा भैरहेको धर्म परिवर्तन को काम रोकिदैन? जब सम्म स्वउत्पादनमा आत्मनिर्भरता भइदैन। 

जबसम्म हिन्दू बौद्ध धर्म बारे सबै नेपालीले ज्ञान लिएर दुइ ठूला देशको गुरु बन्ने प्रयत्न गरिदैन। जब सम्म अरबौं  सनातनी हिन्दू बौंद्ध धार्मिक पर्यटक हरु आउने वातावरण बनाएर उनिहरुको गुड गाईड अर्थात् गुरु गाइड बन्दैनौं । 

जबसम्म प्राकृतिक तथा हिन्दू बौद्ध संस्कृति अनुसन्धान गर्ने तर धर्म परिवर्तन को मिसन नलिएको अन्य धर्मालम्बि बिदेशी पर्यटक नेपालमा आउने वातावरण बनाउदैनौं। 

 जबसम्म देशमा रहेका सबै जलश्रोत प्रयोग गरि जलविद्युत ऋण लिएरै भएपनि उत्पादन गरेर बेचिदैन। जबसम्म नेपाल को कृषि जडिबुटी वा कुनै उत्पादन छिमेकी देश वा अन्य बिदेशमा कुनै पनि हालता निर्यात गरिदैन । जबसम्म निजी विद्यालयमा गुणस्तरीय र जीवनउपयोगी शिक्षा पढाइदैन। जबसम्म बिषादि रहित खाद्यन्न र शुद्ध पिउने पानी जनतालाई उपलब्ध गराइदैन । 

जबसम्म सरकारी अस्पतालमा गुणस्तरीय सेवा सौलिहत दिइदैन । जबसम्म संस्कारी शिक्षा लिएको राष्ट्रवादी व्याक्ती राजनीति मा जादैन। जबसम्म संस्कारि सत्य निष्ठ मान्छे सरकारी सेवामा जादैन । 

 जबसम्म किसान र उद्योगी लाइ सस्तो ब्याज दरमा रिण उपलब्ध हुदैन। जबसम्म  दलाल पुजिबाद कमजोर हुदैन। जबसम्म देश को पैसा देश भित्र घुमिरहँदै 
जबसम्म पैसा को भ्यालु उच्च र उपभोग्य सामान को भ्यालु कम हुदैन। जबसम्म लाखौं रोजगार श्रृजना हुँदैन। जबसम्म गास बास कपास स्वास्थ्य शिक्षा सुरक्षा न्याय को ग्यारेन्टी सरकार बाट हुँदैन। 
   .........तबसम्म..
नारायण प्रसाद खनाल 

प्रतिक्रिया दिनुहोस्