सुनेकै छु: राधा आचार्य

| २०८० चैत २० गते २०: ४६ मा प्रकाशित

सुनेकै छु
तिनै भावहरू फर्की फर्की आउँछन् र सोध्छन् 
बिर्सियौ?
 बिर्सियौ हामीलाई ?
 सुनेकै छु
तिनै मिठा पलहरू आउँछन् र सोध्छन् 
के पुगेको थिएन ?
 के पुगेको थिएन तिमीलाई ?
 सुनेकै छु
झझल्कोका झिल्का फुटेर सोध्छन्
के हामीले पछ्याएनौँ र?
 तिमीलाई हामी पछ्याएनौँ र?
 सुनेकै छु
सबै मिसिएर सोध्छन्
हाम्रो साथ पाएनौ र?
 हामीले साथ दिएनौँ र?
सुनेकै छु
तिनैको कोलाजले पन्छाउन खोज्दै छ आज
अबाटोले छेक्दै छ आज
लरबर स्थिति छ आज
सबैलाई सिमलक‍ो भुवा झैँ मानेर
मिल्काउन मन छ
तर तिनै बलिया जग रहेछन्
जोस र होस् थपिदिन्छन्
सुनेकै छु
ती मसँगै बस्छन्
 मेरो मन कस्छन्।

प्रतिक्रिया दिनुहोस्