जिन्दगी ताजा बनाउने नै माया हो:-प्रसिद्ध कलाकार पाप्बो पिकासो

| २०८० चैत १९ गते २२: ४८ मा प्रकाशित

अप्ठ्यारो बिन्दु मा उभिएको छु।जे गर्न पनि गाह्रो।बाच्न पनि गाह्रो हुनेअनि मर्न पनि नसकिने।कस्तो कठोर समय है! भित्र भित्रै पिडाको पोखरी मा डुबुल्की खेलेर मरिरहु झै लाग्ने। कता कता आगो बलिरहेजस्तो रापिलो जिन्दगि। अनि माया बिना जिन्दगी जिबितै रहन नसक्ने, जति टाढा भए पनि आत्म भित्र बसेको जिन्दगी को अर्थ बुझ्न भित्रभित्र को गुन्जन मा अनेक आवाजहरु का आवाजहरु सग साक्षत्कार हुनुपर्ने रहेछ।सत्य स्वर को वकालत त आफ्नै जिन्दगी मा पो हुदो रहेछ।कोहि भन्छन दुख र सुख को अनुभुती नै जिन्दगी हो,कोही भन्छन रात को आरम र दिन को ब्यस्तता नै जिन्दगी हो।तर जिन्दगी भनेको त हिड्नु र हिडिरहनु नै रहेछ।गन्तव्य प्राप्ती को पाइला  नै जिन्दगी रहेछ।हजार पाइला लाखौ अनुभुती भनेजस्तो..... 

आफ्नोपन ले नै मान्छे को जीवन लाई दिब्य बनाइदिने रहेछ। अनि आफ्नोपन मा पनि अझ आवस्यक त प्रेम, प्रेम नभै त कोहि पनि बाच्न नै नसक्ने है!!आकास लाई नियालौ। जुन को पनि चन्द्र मा सग प्रेम बस्दो रैछ क्या।तर फेरि चन्द्र मा भित्र कालो धब्बा देखिन्छ चन्द्र मा लाई पनि आफ्नै  दुख परेर होला नत्र कस्ले चन्द्रमा को त्यो सुन्दरता मा कालो धब्बा लगाइदियो त?फेरि दुख नभएको भए त सुख को अनुभुती पनि नहुन सक्थ्यो। जिन्दगी बुझ्न पनि कति कठोर हुदो रहेछ है बिगत का सम्झना ले हामिलाइ आफ्नो जिन्दगी को मीठो अनुभुती दिइरहन्छ।त्यसैले जिन्दगी भनेको थाहा पाउनु हो, जान्ने क्षमता जिज्ञासा र जित नै रित्तो जिन्दगी रैछ, ।  आफ्नो जिन्दगी लाई बुझ्न आफैभित्र पसेर खोताल्दै खासखुस संबाद गर्नु जिन्दगी बुझ्ने गज्जब को तरिका रहेछ।यसले नै खोक्रो जिन्दगी लाई जिबन्त बनाउन अभिप्रेरित गर्दछ।एकपटक बुड्दिबाणी सम्झनुहोस न"यो संसार मा दुख छ यसको कारण छ"। 

प्राय मानिस हरु को जीवन जिउन नजाने पनि रमाइलो पक्कै छ।मेरो जीवन रमाइलो मान्ने हरु पनि छन बाटो हिड्दा हेल्लो हाइ भन्ने को कमि छैन सहरका ठुलाठुला नेता व्यापारी सग सम्बन्ध नहोला तर अहिलेका मेरा साथी पछि गएर ठुलाठुला नेता अनि व्यापारी अवस्य बन्न्ने छन जिन्दगी जसरी जिउन खोज्यो तेसरी नै जिउन सकिन्छ यो जीवन को नियम नै हो।

जिन्दगी जिउन का लागि मात्र हैन। जिन्दगी जिबन्त जिउन सक्नु ठूलो कुरा हो अनेकौं पिडादायी क्षण,दुखाइ को चोट र तनाब लाई खुसी का पाइला ले कुल्चेर हिड्न सक्नु जिन्दगी को खास पल हो यसबाट हामिले खास खुसी हरु चुम्न सक्छौ।ती खुसी भेट्न सजिलो छैन लक्ष्य मा पुग्न र खुसी पाउन त्याग गर्न सक्नुपर्छ।जिन्दगी को लक्ष्य असिमित छ नि  

एक पटक बिगत सम्झन्छु  आँखा चिम्लिए,गाउघर छोडदा को समय सम्झिए घाँस दाउरा गर्दै गर्दा s.l.c को रिजल्ट आएको सम्झिए।बर्खा मास को समय मा मेलापात बाट राती घर फर्कने बेला सदरमुकाम गएका दाइ ले म पास भएको खबर लिएर आउदा कति खुसी भए सायद हाम्रो परिवार बट दोश्रो slc दिने ब्यक्ती म नै थिए।बर्खा मास को झरी बर्से जसरी बा आमा ले आफ्नो आँखा बाट हर्ष का आसु बर्साए

s.l.c पास भएपछि परिवार मा म प्रती को आशा अनि म मा घर परिवार को जिम्मेवारी दिनहु बढ्दै गएको थियो।बिहान बेलुका खान लाउन धौधौ हुने।बिहान देखि बेलुका सम्म हात का नङ्रा खियाएर रात को छाक टार्नुपर्ने समय।धन्न बा ले आफू ले पढ्न नपाएको पिडा सम्झेर मलाइ पढाएका रे। 

मेरो अनि बा आमा को सपना को सन्सार काठमाडौ। म सानो हुदा मेरा बा एक पटक काठमाडौ जानुभएको रे अनि बिधालय पढ्ने चाहना ओइलायो भन्नुहुन्छ।मलाइ ऋण धन गरेर भए पनि काठमाडौ पढ्ने खर्च जोहो गरिदिनुभयो बा ले।हात मा पैसा थमाउदै बा ले भन्नुभयो त प्रती मेरो ठूलो आसा छ। जिम्मेवारी को अभिभाबक बनेस है।यत्तिकै मा बा का आँखा रसाए बर्खा को भेल जसरी।

17/18 बर्स को अल्लारे उमेर लिएर जिन्दगी को असन्तोष,असमानता,र अन्धकार लाई पैताला ले लात हानेर सफलता र समुन्नत जिन्दगी को यात्रा को लागि काठमाडौ  हाकिए 

निरासबिरुद्द को मीठो आस अनि सकारात्मक शक्ति सोच लिएर अगाडि बढिरहे।हुन त बसे जहाँ को तेहि रहिन्छ अनि हिडे  नया गन्तव्य मा पुगिन्छ। नया काम नया ठाउँ नया बिचार आफै मा एक अनुपम उपलब्धि नै त हो!!

जिन्दगी को सपना नदेख्ने मानिस प्राय कम नै हुन्छन।सपना को घर प्रतेक मानिस को मन मा हुन्छ मेरो आँखा मा पनि अनेकौ सपना छन मेरो चाहना बस् यत्ती मात्र मेरो सपना अनि बा आमा को सपना पूरा गर्नु मात्र 

यस्तो सुन्दा कसैलाइ पत्यार नलाग्न सक्छ,यो बाबुआमा लाई आवस्यकता हैन यो त मेरो जिम्मेवारी हो। मेरो जिन्दगी का पनि कयौ सपना हरु अन्यासै चकनाचुर भएका छन फेरि जीवन को असन्तुष्टि ले नै सन्तुष्टि को सिढी चढाउन सहयोग गर्ने हो।अनावश्यक चाहना र तनाब लिएर जीवन बिताउनु ठिक होइन जस्तो लाग्छ।

जीवन के हो?कस्तो छ?अनि कसरी बिताउने?यो सबै आफ्नो हात मा हुन्छ बस आफुसग आत्मबिस्वास हुनुपर्यो  कहिलेकाही भाग्य  र भरोसा मा पनि बिस्वास गर्नुपर्यो ।`जीवन जिउने अनेकौ बाटोहरु छन भनेर बाटो देखेर मात्र पनि भएन,त्यहा पुग्ने हिक्मत चाहिन्छ,हिड्ने आट चाहिन्छ,फुल मात्र हैन काडा माथी पनि हिड्न सक्नुपर्छ अनि बल्ल लक्ष्य मा पुग्न सकिन्छ´ 

जिन्दगी त अथाहा यात्रा हो,कहाँ पुगेर टुंगिन्छ थाहा नै हुदैन,मेरो जस्तो जिन्दगी तपाईं को नहुन सक्छ  कसैको जीवन को यात्रा लामो कसैको छिटो हुन सक्छ।मेरो बाहिरी आँखा ले सोचेको जिन्दगी र भित्री मन ले सोचेको जिन्दगी कति फरक छ कति।यस्तै सत्यता का कारण जिन्दगी टाढा जाने रहेछ,अनि टाढा जाँदै गर्दा रित्तो हुने रहेछ।मेरो मात्र हैन हामी सबैको जिन्दगी यस्तै हो आफ्नो आसा अनि परिवार को आसा को त्यान्द्रो मा तानिदै अगाडि बढिरहेको हुन्छ।जिन्दगी भन्नू त बास्तब मा आसा को मिठो सपना जस्तै रहेछ तेहि आसा त्यही बिस्वास र आस्था ले नै त जीवन र संसार  चलिरहेको हुन्छ 

पहाडी क्षितिज का रङ हरु जस्तै धमिलिदै गैरहेका बा आमाका सपनाहरु अन्यायसै नजिकै को मनोरम प्रकृति झै सपना मा झस्काउन आउदा हर्ष र बिस्मात ले मन रमाउन पुग्दो रहेछ  बाबुआमा तपाइलाइ मेरो यो एक्लो जिन्दगी मा सम्मान गर्ने कुनै शब्द नै छैन फेरि भावना अनुभूति रैनछ नभन्नु ।म सग पनि अलिकती  संबेदनसिलता छ।पीडा लाई सहेर घामपानी मा रुझेर पनि मीठो मुस्कान दिएर तपाईं को ओठ मा खुसि को त्यान्द्रो छाइदिने छु  कति धेरै आसा भरोसा सपना बोकेर फकृन लागेको एउटा रंगमय आभास हुँ।   आफ्नो सपना देखि रित्तो जिन्दगी मा तेसै हार खान कहाँ सक्छु र?

त्यसैले त हरेकको जिन्दगीमा आशाको धिपधिपे बलिरहेको हुन्छ । आफ्नै विश्वास र आशा अनि आस्था हुन्छ । त्यसलाई कसैले रोएर देखाउँछन् । कसैले बाहिर हाँसेर त्यसलाई आफूभित्रै लुकाउँछन् । कसैले लेखेर प्रकाशित गर्छन् । कसैले बोलेर देखाउँछन् । कसैले मायाको मीठो सपनाहरू लेखेर पठाउँछन् । कसैले त्यसलाई साँचेर आफूसँगै गुम्स्याएर राख्छन् । यद्यपि त्यसको वास्ता नगर्ने मनहरूले त्यसलाई हल्का रूपमा लिएर हावामा पनि उडाइदिन्छन् । 

जिन्दगीमा कयौ  मानिस सग सम्बन्धहरू जोडिन्छन् मात्र कहिल्यै टुक्रिदैनन । सच्चा यादहरू सदा अमर रहिरहन्छन् तर कहिल्यै भुलिँदैनन् । खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ । खुशी र आनन्दको क्षणमा समय बितेको पत्तै हुँदैन तर दुःखको बेला समय पट्यारलाग्दो हुन्छ । त्यसैले खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ । 

जिन्दगी छ र मृगतृष्णा छ । संसारमा पानी छ र हामीलाई प्यास लाग्छ । पानी नै नहुँदा आत्मा प्यासी हुँदैन थियो होला । केही छ र हामीमा अनेक मृगतृष्णा जागृत हुन्छ । 

मगमगाउँदो सुवास जिन्दगीको । बारीका पाटा, आली, कान्ला र भित्ताहरूमा समेत पहेंलपुर फुलेका मुस्कानको मिठास पस्किँदै क्रमशः ! यी हरियाली छवि, यी पहेंलपुर सयपत्री अनि हर्ष, उमंगको दिव्य आलोक बनेर रित्तो जीवन आल्हादित बनाउन उत्सुक भइरहेको रैछु रित्तो जिन्दगी बोकेर।

प्रतिक्रिया दिनुहोस्