छत्रदेव परिवर्तनशिल युवा संजालद्वारा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

| २०८१ बैशाख २७ गते ००: ०२ मा प्रकाशित

मातातिर्थ औंसी तथा विश्व रेडक्रस दिवसकाे अवसर पारी छ्त्रदेव परिवर्तनशिल युवा संजाल छ्त्रदेव ६ अर्घाखाँची द्वारा बुटवल स्थित रक्तसञ्चारको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन गरेको हो ।

रक्तदाता स्वंयमसेवी समाजकाबअध्यक्ष कृष्ण चौवान क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो! उक्त  कार्यक्रममा ५५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक एवं युवा संजालका अध्यक्ष नारायण पाण्डेले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौवानले रक्तदान जस्तो पवित्र कार्यक्रम आयोजना गरेकोमा युवा संजाललाई धन्यवाद दिँदै युवा संजालको नाम जस्तै आगामी दिनहरुमा परिवर्तनशिल कार्यका समेत शुभकामना दिएका छन् ।

छत्रदेव परिवर्तनशिल युवा संजालले बेला बेलामा सक्रिय रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्