आई.पि.भी खाेप अभियान सम्बन्धि गाउँपालिका स्तरिय खाेप समन्वय समितिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

| २०८१ जेठ ६ गते १४: ०५ मा प्रकाशित

पूजा केसि,जेष्ठ ६ ,अर्घाखाँची।आई.पि.भी खाेप अन्तर्गत छत्रदेव गाउँपालिका स्तरिय खाेप समन्वय समितिका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ!यसअघि स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मी हरुका लागी अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यालयकाे आयाेजनामा सम्पन्न भएको थियाे। 

कार्यक्रमले निर्दिष्ट गरेअनुसार २०७३ वैशाख देखि २०७५ आश्विन महिनासम्म गाउँपालिका भीत्र जन्म भएका ८०४ जना बालबालिकालाई ४६ वटा खाेप केन्द्र बाट सेवा प्रदान गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्याैपानेले जानकारी दिएका छन। 

आगामी जेष्ठ १३ गतेदेखि अर्घाखाँची जिल्ला भरमा आई.पि.भी खाेप लगाईदै छ साेहि अनुसार छत्रदेव गाउँपालिकाले तयारी अन्तिम चरणमा पुर्याएकाे प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे ले जानकारी दिएका छन। 

प्रतिक्रिया दिनुहोस्