नेपालमा थप ३९ सय ३८ जनामा कोरोना संक्रमण: ३७ को मृत्यु

| २०७८ सावन २१ गते १४: ५१ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घन्टामा थप ३९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १८ हजार ४०८ नमूना परीक्षणमा यो संख्यामा भाइरस संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा परीक्षण गराएका ६५ सय ३८ नमूनाको एन्टिजेन विधिबाट र ११ हजार ८७० नमूनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९३१ नमूनाको एन्टिजेनबाट र ३ हजार ७ नमूनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार २ हजार १२ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ। निको हुने यो ९३.७ प्रतिशत हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३७ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्‍या ९ हजार ९ सय ९४ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ७७९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

हाल ३४ हजार ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्