अर्घाखाँचीमा आईतवार ३७ जनाले कोरोना संक्रमणलाई जिते, थप २२ जनामा संक्रमण पुष्टी

| २०७८ असार १४ गते ०१: १५ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट १० जना, भुमिकास्थान नगरपालीकाबाट १३ जना, शितगंगा नगरपालीकाबाट ९ जना र मालारानी गाउँपालीकाबाट ५ गरी ३७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २२ सय ८७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै आईतवार थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १० जना ,भुमिकास्थान नगरपालीकामा ४ जना, मालारानि गाउँपालीकामा १ जना, पाणिनि गाउँपालीकामा ६ जना र छत्रदेव गाउँपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २५ सय २५ पुगेको छ ।

अर्घाखाँचीमा कोरोना संक्रमित विवरण 

 

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा १७३ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ५७ जना, भुमिकास्थान नगरपालीमा २४ जना , शितगंगा नगरपालीकामा ६ जना, मालारानि गाउँपालीकामा २८ जना, पाणिनि गाउँपालीकामा ३० जना र छत्रदेव गाउँपालीकामा २८ जना सक्रिय संक्रमित रहेका छन । संक्रमणका कारण हालसम्म ६५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्