सन्धिखर्क नगरपालिकाले मनायो १८ औं राष्ट्रिय धान दिवस

| २०७८ असार १५ गते ०४: १८ मा प्रकाशित

अशोक खनाल

धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि ” भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिकाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ ।

 रोपाइँ महोत्सव

मंगलबार नगरपालिका कृषि शाखाले किसानको खेत मै पुगि किसानलाई हौसला र साथ दिदै रोपाई गर्दै धान दिवस मनाएको हो ।

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल,नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल, शाखा अधिकृत मन्जु खनाल कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराई वडा न. १२ क वडा अध्यक्ष नारायण खड्का लगायत नगरपालिकाका कर्मचारी हरुको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्