कार दुर्घटनामा अर्घाखाँचीका बिक्रम खनालको मृ'त्यु

| २०७८ असार १९ गते १४: ४४ मा प्रकाशित

गुरुदेव खनाल ,अर्घाखाँची। पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको बाँणगङ्गा नगरपालिका वडा नम्बर-  ८ चप्परगाउँमा बुटवल देखि गोरुसिँगेसम्म विवाहमा हिँडेको स्कार्पियो दुर्घटना भएको छ।

दुर्घटना पर्नेमा बा. १६ च ८०९८ नम्बरको महेंस्र स्कार्पियो रहेको छ। उक्त दुर्घटनामा अर्घाखाँचीको जिल्लाको भुमिकास्थान नगरपालिकामा जन्म घर भई हाल रुपन्देही जिल्लाको ओम सतीयमामा बसोबास गर्दै आउनु भएका बिक्रम खनालको मृ'त्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। भने दुर्घटनामा ३ जना घाइते रहरका छन्। 

दुर्घटना तिब्र गतिका कारण हुन् सक्ने प्रहरी श्रोतले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्