अर्घाखाँची आर्युबेद केन्द्रद्धारा नि:शुल्क स्वास्थ सिविर सम्पन्न

| २०७८ असार २७ गते १५: ५७ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्रले नि:शुल्क स्वास्थ सिविर सम्पन्न गरेको छ ।

शनिबार कोभिड-१९ को जोखिम बाट आफू पनि बचौ, अरुलाई पनि बचाउ, योग गरौ स्वास्थ बनौं भन्ने मुल नाराका साथ केन्द्रले जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. ११ को अमिलेमा नि:शुल्क आर्युबेद तथा बैकल्पिक चिकित्सा शिबिर सम्पन्न गरेको हो ।

आर्युबेद चिकित्सक डा.रोमाहष नेपालको नेतृत्वम सन्धिखर्क नगरपालिकाको सबै भन्दा दुर्गम ठाउँ अमिलेमा पुगि अम्लपित्त, बातब्याधि, रक्तप्रदर, रक्तबिकार, उदररोग, मुत्रबिकार, लगाएतका रोगीलाई जाँच गरि औंषधिहरु बितरण गर्नुका साथै योग तथा जीवन शैली सम्बन्धि कार्यक्रम समेत गरिएको छ ।

शिबिरमा सन्धिकर्क नगरपालिका वडा.न.११ का वडाअध्यक्ष धुर्बराज आचार्य,वडा सदस्य बुद्धि बहादुर कुँवर, आर्युबेद चिकित्सहरु अर्बुबेद स्वास्थ केन्द्र अर्घाखाँचीका कार्यलय प्रमुख कनिराज कमल प्रसाद आचार्य, बरिष्ठ बैध नारायण पन्थी, बरिष्ठ बैध पशुपति पन्थी छत्रदेब नागरिक आरोग्य केन्द्रका बैध ऋषिराम आचार्य, ल्याब टेक्निसियन शुभाष ठकुरी,योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थित रहेको थियो । शिबिरमा २५० भन्दा बढी बिरामीहरुले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्