अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए: थप ४८ जनामा कोरोना संक्रमण पुष्टी

| २०७८ सावन ११ गते २०: ३२ मा प्रकाशित

श्याम घिमिरे,सन्धिखर्क। अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २९ जना, भुमिकास्थान नगरपालीकाबाट १९ जना,शितगंगा नगरपालीकाबाट ८ जना,मालारानी गाउँपालीकाबाट ७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २६ सय ९७ जनाले कोरोनालाई जितेका छन ।

यस्तै सोमवार थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ११ जना, भुमिकास्थान नगरपालीकामा ६ जना,शितगंगा नगरपालीकामा ५ जना, मालारानी गाउँपालीकामा २४ जना, पाणिनी गाउँपालीकामा १ जना र छत्रदेव गाउँपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३१ सय ६४ पुगेको छ ।

कोरोना विवरण 

यस्तै संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका वडानं.८ का ६१ बर्षिय पुरुषको ज्यान गएको हो । उहाँको उपचारको क्रममा काठमाण्डौमा ज्यान गएको हो । यससंगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ७१ जनाको ज्यान गएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ३९६ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १९७ जना, भुमिकास्थान नगरपालीमा १०१ जना , शितगंगा नगरपालीकामा १७ जना, मालारानि गाउँपालीकामा ५३ जना, पाणिनि गाउँपालीकामा २३ जना र छत्रदेव गाउँपालीकामा ५ जना सक्रिय संक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्