अर्घाखाँचीमा कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाईदैँ

| २०७८ सावन २२ गते १६: १३ मा प्रकाशित

बसन्त श्रेष्ठ। अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रमा कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को पहिलो डोज लगाएकालाई साउन २८ र २९ गते दोस्रो मात्राको खोप लगाइने भएको छ । 

जिल्लाका सबै खोप केन्द्रमा साउन ५ र ६ गते भेरोसेलको पहिलो डोज लगाएकालाई साउन २८ र २९ गते दोस्रो मात्राको खोप  लगाइने भएको हो । 
जिल्लाका सबै खोप केन्द्रमा अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

१८ वर्षभन्दा माथि १ लाख १४ हजार ७ सय ५ जना जनसंख्या रहेको अर्घाखाँचीमा हालसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । जस अनुसार जिल्लामा १८ वर्षभन्दा माथिका ७७ हजार ९ सय ८८ जना खोप लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्