सन्धिखर्क ३,६ र १२ मा आज गरिएको एन्टिजेन परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि

| २०७८ सावन २२ गते १९: ३८ मा प्रकाशित

पूर्ण पराजुली। आज सन्धिखर्क नगरपालिका अन्तरगत वडा नम्बर ३ को बराहनेटामा ३१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ। 

वडा नम्बर ६ मा ६४ जनामा गरिएको परिक्षणमा ४ जनामा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर १२ को झेडी आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको ३२ जनाको एन्टीजेन परिक्षणमा ५ जनामा कोरोना पोजेटिभ भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्